रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् ।
थवाङ गाउँपालिका-४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका-४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्र र एमाले-कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए ।
उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।
घटनापछि थवाङ-४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन् ।































प्रतिक्रिया