नयाँ दिल्लीमा एक भवनमा आगलागी, २७ जनाको मृत्यु

नयाँ दिल्लीमा एक भवनमा आगलागी, २७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।  १२ जना घाइते भएका छन् । 

राजधानीको पश्चिममा रहेको मुण्डका  मेट्रो स्टेसन नजिकै आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ । प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो ।  

आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी रहेको बताइएको छ। घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।

एजेन्सी

Skip This
Skip This
Logo