मध्यपुर थिमिकाे वडा नं २ मा पनि कांग्रेस विजयी, मेयरमा पनि कांग्रेसकै अग्रता

मध्यपुर थिमिकाे वडा नं २ मा पनि कांग्रेस विजयी, मेयरमा पनि कांग्रेसकै अग्रता

केन्द्रबिन्दु
0
Shares

भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि नेपाली कांग्रेस जित हात पारेकाे छ। जारी मतगणनामा वडा नं. २ को सबै मत गणना हुँदा कांग्रेसका श्रीकृष्ण श्रेष्ठले ९८८ मत प्राप्त गरि विजयी  भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेमा प्रकाश थापा मगरले ८९४ मत ल्याएका छन् । 

त्यसैगरी वडा सदस्यमा कांग्रेसकै शेखर थापामगर विजयी भएका छन् भने अन्य तीन जना सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले २ हजार ४७० मत पाएर अग्रता लिएका छन्। एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार ११३ मतसहित पछ्याइरहेका छन् । 

उपप्रमुखमा एमालेका उत्तरा नेपालले २४ सय ७० मत प्राप्त गरेकी छन् । त्यसैगरी  गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १६ सय ५३ मत ल्याएका छन् ।

यसअघि थिमि–१ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी भएका थिए। 

Skip This
Skip This
Logo