केपी ओलीको गृहनगरमा राप्रपाको अग्रता

केपी ओलीको गृहनगरमा राप्रपाको अग्रता

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मतगणनामा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् । 

दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिएका हुन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ । 

थापाले २ हजार ९८५ मत पाएका छन् । अधिकारीले २ हजार १३६ मत पाएकी छन् । उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले २ हजार १३८ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १ हजार ९७७ मत पाएका छन् । दमकमा ३९ हजार ९४९ मत खसेको छ ।

Logo