भरतपुर महानगर : ५२ मतले रेनु अगाडि

भरतपुर महानगर : ५२ मतले रेनु अगाडि

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् । भरतपुरमा अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गणना भइरहेको छ । 

प्राप्त विवरणअनुसार मेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार दाहालले २ हजार ६ मत ल्याएकी छिन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत ल्याएर रेनुलाई पछ्याइरहेकी छिन् । रेनुले विजयभन्दा ५२ बढी मतसहित अग्रता लिएकी हुन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाएका छन् । अधिकारीले २ हजार २ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ५ सय ७१ मत ल्याएकी छिन् । उनीहरुको मतान्तर ६ सय ३० मतको छ ।

Logo