जिल्लाको नौमूले गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका हुन् । उनी तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे । बुढामगर निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए ।
यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी भए । उनले दुई हजार ८३४ मत प्राप्त भयो । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरे । नौमूलेमा नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० को चुनावी गठबन्धन थियो ।
आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ ।































प्रतिक्रिया