संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकाको मतगणना सुरु

संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकाको मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलाको मत गणना सुरु गरिएको छ । भोटखोला गाउँपालिकामा मत पेटीका संकलन ढिलाइ भएपछि मत गणना हुनसकेको थिएन । 

थुदाम मतदान केन्द्रको मत पेटीका आइपुगेपछि आइतबार साँझ ६स्१५ बजेबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । 

सडक सञ्जाल नभएको भोटखोलामा गाउँपालिका केन्द्र सम्म आइपुग्न तीन दिन पैदल हिँड्न पर्ने हुन्छ । यातायात पहुँच नभएको भोटखोलामा मत पेटीका संकलनमा ढिलाइ भएको थियो । 

भोटखोला गाउँपालिका–२ दुधपोखरी आधारभूत विद्यालय थुदामको मतदान केन्द्रको मतपेटी आइतबार दिउँसो १ बजे मात्र निर्वाचन अधिकृतको कार्यालय हटिया आइपुगे थियो । थुदाम मतदान केन्द्रमा ५९ जना मतदाता भए पनि २६ मत मात्र खसेको थियो ।  

भोटखोलामा ५ हजार २ सय २७ मतदाता रहेका थिए । भोटखोलामा ३ हजार ६ सय ५४ मत मात्र खसेको थियो । भोटखोला गाउँपालिकामा ५ वडामा १० मतदान केन्द्र रहेका थिए ।

Skip This
Skip This
Logo