रामकुमारी झाँक्रीको गुल्मीकाे मदाने गाउँपालिकास्थित वडाअध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा समाजवादीलाई भाग परेको वडामा उनी सम्वद्ध पार्टी पराजित भएको हो।
वडा नं. २ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याएका छन्। समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।
एमालेको पकड मानिने मदानेमा २०७४ मा एउटा वडा कांग्रेसले जित्दा बाँकी एमाले विजयी भएको थियो। अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवरले ३ हजार ५८४ मत पाई अग्रता लिएका छन् भने एमालेका प्रेमबहादुर केसीले ३ हजार ५६८ मत ल्याएका छन्।
उपाध्यक्षमा नेकपा एमाले ३ हजार ४१० मतकासाथ अघि रहेको छ। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवारले ३ हजार ३०४ मत ल्याएको छ।





























प्रतिक्रिया