काठमाडौं अपडेट: एमाले र कांग्रेसको मत जोड्दा पनि बालेनको भन्दा ४१ मत कम

काठमाडौं अपडेट: एमाले र कांग्रेसको मत जोड्दा पनि बालेनको भन्दा ४१ मत कम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा ३,२४९ मतले अगाडि छन् । 

यसमा अर्को रोचक कुरा के छ भने काठमाडौंका एमाले र कांग्रेस दुवैले पाएको मतको योगफल बालेन एक्लैले पाएको मत भन्दा ४१ मत कम हुन्छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले ६,८९३ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३,६४४ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३,२०७ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ६,१७३ मत रहेको छ भने नेकपा एसका रामेश्वर श्रेष्ठको १,६९० र राप्रपाकी बिनिता मगैयाको १,३१३ मत रहेको छ ।

Skip This
Skip This
Logo