खोटाङको दिप्रुङ चुईचुम्मामा एमाले विजयी

खोटाङको दिप्रुङ चुईचुम्मामा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका हुन् । कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् । 

उपाध्यक्षमा मगरले २७३३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रमा कटवालले २३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिप्रुङ चुईचुम्मामा कांग्रेस र माओवादी केन्द्र गठबन्धन नगरी चुनावमा भिडेका थिए ।

Skip This
Skip This
Logo