काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी

काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

काभ्रेको भुम्लु गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा जित हात पारेको छ। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ। यहाँ दुवै पदमा गठबन्धनले जित हात पारेको हो। 

प्रमुखमा माओवादीका प्रेमबहादुर भुजेल विजयी भए । उनले ५७९२ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका प्रेमकुमार लामाले ४५६८ मत पाए। 

यस्तै उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङले ६०९८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी कल्पना कुमारी श्रेष्ठले ४०२९ मत पाइन् । 

गाउँपालिकामा १० वटा वडा रहेको मध्ये ३,४,६,७ र १० मा एमाले, २, ५ र ९ मा कांग्रेस, १ मा माओवादी र ८ मा एकीकृत समाजवादीले जित हात पारेका छन्। जिल्लामा सबै मतगणना सकिनेमा भुम्लु पहिलो पालिका हो।

Skip This
Skip This
Logo