काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये लामो समयदेखि जारी गरिएको निषेधाज्ञाको विकल्प खोज्न जनस्वास्थ्यविद्, व्यवसायी र सर्वसाधारणले सरकारलाई दबाब दिएका छन् । निषेधाज्ञाले साना व्यवसायी तथा गरिब मजदुर रोगलेभन्दा पनि भोकले मर्ने अवस्था आउने खतरा बढेकोभन्दै उनीहरुले सरकारलाई निषेधाज्ञाको विकल्प खोज्न सरकारलाई दबाब दिएका हुन् ।
त्यस्तै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेट सेवा अत्यन्त गुणस्तरहिन भएको गुनासो गर्दै आएका छन् । तर, यस्तो अवस्थमा आउनुमा सेवा प्रदायक संस्थाको मात्र कमाजोरी नरहेको सञ्चालकहरूले दाबी गर्दै आएका छन् । इन्टरनेट सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुन सक्ने बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपाली नागरिकहरुले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । मन्त्री भुसालले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित देशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन् ।
त्यस्तैगरी सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ । सरकारले हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो ।
युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसिया विरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । जर्मन विदेशमन्त्री हेइको मासकाअनुसार रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’ बारे छिट्टै स्पष्टीकरण नदिए रूस विरूद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया