कांग्रेस नेता नैनसिंह महरको गाउँपालिकामा एमाले र माओवादी शून्य

कांग्रेस नेता नैनसिंह महरको गाउँपालिकामा एमाले र माओवादी शून्य

केन्द्रबिन्दु
0
Shares

डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार हेमराज चटौत २ हजार ३११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर शाहीलाई भारी मतका साथ पराजित गरेका हुन्। शाहीले १ हजार ७८ मत ल्याएका छन्। उनी चटौतसँग १ हजार २३३ मतान्तरले पराजित भएका हुन्। 

यस्तै उपप्रमुखमा कांग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छन्। कांग्रेसकी ठकुराठीले २ हजार ३४८ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन्। उनीहरूबीच १ हजार ५१६ मतको मतान्तर रहेको छ।

पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्। वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मणीकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए।

वडा नम्बर २ मा कांग्रेसका उपेन्द्र जोरा २७० मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका मीनबहादुर बोहराले १९२ मत पाएका थिए। 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरको वार्ड नं ३ मा २४५ मत प्राप्त गरेका एमालेका खडक सिंह भाटलाई पराजित गरेर ८७६ मतका साथ कांग्रेसका डम्बरराज जोशीले जित हात पारेका छन्।

वडा नम्बर ४ र ५ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ४ मा कांग्रेसका वसन्तराज चटौत ६४४ मतका साथ विजयी हुँदा एमालेका देवराज भट्टले ३७८ मत ल्याएका थिए। वडा नम्बर ५ मा कांग्रेसका नरेन्द्र थापा विजयी भएका छन्। उनले २७६ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द नाथ १४२ मत प्राप्त गर्दै पराजित भए। भागेश्वर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृह पालिका हो।

Skip This
Skip This
Logo