मंगलबार आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
साताको अन्तिम दिन बिहीबार १८ दशमलव ६४ अंकले घटेको बजार आज ८४ दशमलव ९० अंकले घटेर २ हजार २६५ दशमलव ५२ विन्दुमा झरेको छ ।
मंगलबार २२१ वटा धितोपत्रको ३५ लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढि अन्य समूहको ५ दशमलव ८३ प्रतिशतले घटेको हो । आज सबैभन्दा बढि जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७९ लाख ९ हजार ५१३ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।































प्रतिक्रिया