गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

केन्द्रबिन्दु
0
Shares

गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उनको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले  सात हजार ५३६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गरेका छन् ।

उनका निकटतम नेपाली कांग्रेसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए ।  नेपाल यसअघि पनि नगर उपप्रमुख थिए ।
   
नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी भएका छन् ।पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी भएका छन्। नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ । 

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो । 
यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

Logo