गणना ढिलो भएपछि पोखरामा थपियो मत गणनास्थल

गणना ढिलो भएपछि पोखरामा थपियो मत गणनास्थल

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ। १, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकिएकाे हाे । गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ। यहाँ १ लाख ४३ हजार मत खसेको छ।

गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ। सुरुमा ८ ठाउँबाट गनिएको मत अहिले १३ ठाउँबाट गन्न थालिएको हो। यहाँ अझै २८ वडाको मत गन्न बाँकी छ।

अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक गरेर ५ ठाउँमा गणना स्थल थपेको छ। कास्कीका बाँकी ४ पालिकाको नतिजा आइसकेको छ।

Skip This
Skip This
Logo