झापामा अवैध सुनसहित एक जना पक्राउ

झापामा अवैध सुनसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापामा अवैधरुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ।

Skip This
Skip This
Logo