शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

केन्द्रबिन्दु
0
Shares

शेयर बजारमा दोहोरो अंकको गिरावट बिहीबार (आज) शेयर बजारमा सामान्य दोहोरो अंकको गिरावट आएको छ । बुधबार ८ दशमलव ९० अंकले बढेको बजार आज २३ दशमलव ५१ अंकले घटेर २ हजार २५० दशमलव ९१ विन्दुमा झरेको हो । बिहीबार २१९ वटा धितोपत्रको ३७ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

जसबाट १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहको शून्य दशमलव ७५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । कारोबार रकमको आधारमा प्रभु बैंकको सर्वाधिक १२ करोड ८१ लाख ७९ हजार ९६२ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Logo