स्थानीय तह निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार वीरगन्ज महानगरपालिकाको प्रमुख मेयर पदमा जनता समाजवादी पार्टी जसपा नेपालका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै रहेको छ । सिंह निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीभन्दा ८हजार ३४६ मतले अघि रहेका छन् ।
पछिल्लो प्राप्त मतगणनाअनुसार सिंहले १७००२ मत पाएका छन् । सरावगीले ८६५७ मत पाएका छन् भने राप्रपाका गिरीश गिरीले ११४९९ मत पाएका छन् ।
उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलम १२१४८ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पुरुषोतमलाल झाले २४८१ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १८३८ मत साथ पछ्याइरहेका छन् ।































प्रतिक्रिया