६२५ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

६२५ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइरहेका छन्। पछिल्लाे जानकारी अनुसार हालसम्म २०० नगरपालिका र ४२५ गाउँपालिकाकाे परिणाम सार्वजनिक भएको छ। जसमध्ये कांग्रेसकाे अग्रता कायमै छ। उसले १०० नगरपालिका र १७८ गाउँपालिका गरि २७८ पालिका प्रमुख जितेको छ। 

यस्तै एमालेले १७४ पालिकामा जित हात पार्दा नेकपा माओवादी केन्द्रले १११ स्थानीय तहको प्रमुख जितेकाे छ। एकीकृत समाजवादी १४ पालिका र जनता समाजवादीले १८ पालिकामा जितेका छन्।स्वतन्त्रसहित अन्य दलले प्रमुखमा २३ र लाेसपाले ७ पालिकामा जितेकाे छ। 

मतगणना जारी रहँदा कांग्रेस ४५ पालिकामा अग्रस्थानमा छ। एमालेले २४ र माओवादीले १० पालिकामा अग्रता लिइरहेका छन्। स्वतन्त्रसहित अन्य दलले २१ स्थानमा अग्रता लिइरहेका छन्।

Skip This
Skip This
Logo