वडा नं. २५ र २७ मा अग्रता बढाउँदै स्थापित, कसको कति मत ?

वडा नं. २५ र २७ मा अग्रता बढाउँदै स्थापित, कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। 

शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्। शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्। 

वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याएका छन्। 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पारेकी छन्। 

Logo