बेलायतमा आयोजना हुने एक अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन पुगेका छन् ।
१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षामन्त्री पौडेलसहितको टोली शनिबार साँझ लण्डन पुगेको हो ।
वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिनसम्म चल्ने सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागीता जनाउनेछ।
मन्त्री पौडेलसहितको टोली लण्डनस्थित विमानस्थल उत्रिदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।
सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उपसचिव घनश्याम अर्यालसमेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए।
एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसँग समेत भेटघाट गर्ने बताइएको छ।































प्रतिक्रिया