काठमाडौं महानगर कसको कति मत ?

काठमाडौं महानगर कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको वडा नम्बर २५ को वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार राजेश डंगोलले एमालेका राजेश प्रसाद श्रेष्ठलाई पराजित गर्दै वडाध्यक्ष चुनिएका हुन् ।

अन्तिम प्राप्त नतिजाअनुसार डंगोलले ९१२ भोट ल्याएर विजयी भएका छन् भने राजेश श्रेष्ठले ६४३ मत ल्याएर पराजय व्यहोरेका छन् । यस वडामा ४ हजार ३४१ भोट खसेको थियो । मेयरतर्फ भने यस वडामा एमालेका केशव स्थापितले सर्वाधिक मत ल्याएका छन् । उनले ९९० भोट ल्याए । दोस्रो सर्वाधिक भोट स्वतन्त्र उम्मेदवार सुमन सामयीले ल्याए । उनको  ८ सय ८२ भोट खसेको छ ।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८८ भोट ल्याएर तेस्रो स्थानमा छिन् भने स्वतन्त्र उम्मेदवार बालेन शाहले ७३० भोटका साथ चौथो स्थानमा छन् । समग्र मेयरमा भने बालेन साह नै अघि छन् । उनले ४१ हजार २६९ भोट ल्याउदा उनलाई पछ्याइरहेका सिर्जना श्रेष्ठको २३ हजार ८५५ र केशब स्थापितको २३ हजार २५ मत छ ।
 

Logo