कास्कीको पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरणअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवारी दिएका धनराज आचार्य ४ हजार ३१० मतले अग्रता कायम राखेका छन् ।
हालसम्म आचार्यले ५१ हजार ८८१ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५० हजार ६२६ मत पाएका छन् । थापा आचार्य भन्दा ४ हजार ३१० मतले पछाडि परेका छन् । नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ५ हजार ४३४ मत पाएका छन् ।
उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले पनि अग्रता कायमै गरिरहेकी छिन् । सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहे पनि पछि गुरुङको अग्रता रहँदै आएको छ ।
गुरुङले कांग्रेसकी रानाभाटलाई ३ हजार ७०२ मतले पछाडि पारेकी छन् । गुरुङले ५४ हजार ३२८ मत पाउँदा रानाभाटको पक्षमा ५० हजार ६२६ मत प्राप्त गरेकी छन् ।































प्रतिक्रिया