वीरगञ्ज महानगर : राजेशमान विजयकुमार भन्दा २० हजार २७३ मतले अगाडि

वीरगञ्ज महानगर : राजेशमान विजयकुमार भन्दा २० हजार २७३ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ४१ हजार ६२८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्।

जारी मतगणनामा  नेकपा एमाले का विजयकुमार सरावगी २१ हजार ३५५ मतसहित दोस्रो स्थानमा छन्। राजेशमान विजयकुमार सरावगीभन्दा २० हजार २७३ मतले अघि छन्।

मधेश प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएका थिए भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाइएको थियो।
 

Skip This
Skip This
Logo