राजीव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

राजीव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

यसअघि सोमबारै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तमान अध्यक्षसँग असन्तुष्ट रहेका पंकज बिक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदकै लागि उम्मेदवारी दर्ता गराईसकेका छन् । 

यस्तै असार ६ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । 

एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ।

Skip This
Skip This
Logo