सरकारले आर्थिक वर्ष ०७९८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारको आगामी आर्थिक वर्षको कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिँदै सरकारले अघिल्लो ओली सरकारले लोकप्रियताका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले पुनःसंरचना गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति भण्डारीले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनः संरचना गरिने बताइन् । विगत लामो समयदेखि विभिन्न कारणले बन्द हुँदै आएका उद्योगहरु पुनः सञ्चालनमा ल्याइने बताउदै भण्डारीले संघ प्रदेश र स्थानीय तहको अधिकारसम्बन्धी कार्यविस्तृत प्रतिवेदन पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति भण्डारीले २३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको बताउदै विभिन्न कारणले लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा नपाएका २३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा आगामी आर्थिक वर्षभित्रै उपलब्ध गराउने बताइन् ।
आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने बताउदै उनले गुणस्तरीय प्राङ्गारिक मलमा रासायनिक मलमा दिएकै अनुपातमा अनुदान उपलब्ध गराइने बताइन् ।
बाँझो जमिनमा सामूहिक खेती प्रवर्द्धन गर्ने उद्घोष गर्दै सरकारले धान, मकै, प्याज, स्याउ, ओखरजस्ता बढी आयात हुने वस्तुको उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने बताइन् ।
मुक्त कमैया र मुक्त हुन बाँकी हरुवाचरुवाका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सरकारले सञ्चालन गर्ने बताउदै उनले राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याइने बताइन् ।
सबै नेपालीलाई उर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गर्ने सरकारले बताएको छ । नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने जानकारी दिँदै राष्ट्रपति भण्डारीले नेपाली उद्योग नेपालमै रोजागर, आफ्नै उत्पादन आफ्नै बजार’ नारासहित नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने बताइन् ।































प्रतिक्रिया