कोरोनाको भ्रम छर्नेहरू प्राकृतिक चिकित्सक होइनन्- योग तथा प्राकृतिक चिकित्सक संघ

कोरोनाको भ्रम छर्नेहरू प्राकृतिक चिकित्सक होइनन्- योग तथा प्राकृतिक चिकित्सक संघ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरसको बारेमा आएको विभिन्न टिका टिप्पणीहरूप्रति योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आपत्ति जनाएको छ । केही व्यक्तिले प्राकृतिक चिकित्सक हुँ भन्दै भ्रम छरेकाले संघले आपत्ति जनाएको हो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट प्राप्त भएको तथ्याङक अनुसार उनीहरु प्राकृतिक चिकित्सक नभएको खुल्न आएको योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष  डा. योञ्जन गैह्रेले जानकारी दिए। । संघले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ–‘विगत केही समयदेखि पूर्ण शाही लगायत अन्य केही व्यक्तिहरुले प्राकृुतिक चिकित्सक हुँ भनि सर्वसाधारण तथा सञ्चार माध्यमहरुलाई भ्रम पार्ने काम भइरहेको र निजहरुका अभिव्यक्तिहरुले गर्दा जनमानसमा प्राकृतिक चिकित्सा र प्राकृतिक चिकित्सकप्रति नकारात्मक अवधारणा सृजना भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै संघको विज्ञप्तिमा थप गरिएको छ–‘प्राकृतिक चिकित्सक दर्ता हुने सम्बन्धित निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट प्राप्त जानकारी अनुसार निजहरु प्राकृतिक चिकित्सक नभएको काउन्सिलमा पनि दर्ता नभएकाले उनीहरुको अभिव्यक्तिप्रति विश्वास नगरिदिनका लागि जनसमुदायसँग हार्दिक अपिल गर्दैछौँ ।’

पूरा विज्ञप्ति:

Skip This
Skip This
Logo