७५३ मध्ये अब ४ पालिकाको नतिजा आउन बाँकी

७५३ मध्ये अब ४ पालिकाको नतिजा आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ । 

७५३ पालिका मध्ये अब जम्मा ४ पालिकाको मतपरिणाम आउन बाँकी छ। बिहीबार बिहान ६ बजेसम्म निर्वाचन आयोगका अनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन । अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ।

जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । 

Skip This
Skip This
Logo