विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ

विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डे रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । 

पाण्डेले हंगेरीको लागि नक्कली भिषा निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिने प्रलोभन पाण्डेले पीडितहरुलाई दिएको भनाई प्रहरीको छ । उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Skip This
Skip This
Logo