महेश्वरी युवा मञ्च काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर २७ औँ रक्तदान कार्यक्रमको आयोजना गरेको युवा मञ्चका अध्यक्ष पवनकुमार सोनामी बताउँछन् ।
‘हामीले आफ्नो उत्तरदायित्व पुरा गर्दै गर्दा के पनि पायौ भने बाटोमा हिँडिरहनुभएका बटुवाहरूले पनि यहाँ आएर रक्तदान गर्नुभएको छ ।’ उनले भने, युवा मञ्चले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कम्तीमा १०० जनाबाट रक्तदान गराउने उद्देश्य लिएको संस्थालाई रेडक्रसले ठुलो सहयोग गरेको अध्यक्ष सोनामी बताउँछन् ।
महेश्वरी युवा मञ्च काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
महेश्वरी युवा मञ्च काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, 21 May 2022





























प्रतिक्रिया