विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, ६५ जनाकाे उद्धार टोली पैदलबाट जाँदै

विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, ६५ जनाकाे उद्धार टोली पैदलबाट जाँदै

केन्द्रबिन्दु
0
Shares

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । 

सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ । तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए । हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ । 

उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् । त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ । 
 

Logo