भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

केन्द्रबिन्दु
0
Shares

भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह  छन् । उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए। 

उपचारको क्रममा भाउजु राजकुमारीको मृत्युु भएको थियो। भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालक‍ो नेतृत्वकाे टाेलीले पक्राउ गरेको हो।

 

Logo