बैतडीमा भरूवा बन्दुक सहित दुई जना पक्राउ

बैतडीमा भरूवा बन्दुक सहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुक सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । 

प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  

वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

Skip This
Skip This
Logo