जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदिप यादवले आफूहरू गठबन्धन सरकारमा भएर पनि रोइरहेको गुनासो गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो गुनासो गरेका हुन् ।
सांसद यादवले सरकारले पर्सामा विकास निर्माण र भएका संरचनाको पुनर्निमार्णका लागि आवश्यक पर्नेजति बजेट नछुट्याएको दुखेसो पोखे। नारायणी रंगशाला, नारायणी अस्पताल र सिमरा विमानस्थलको लागि आवश्यक पर्ने बजेट नछुट्याएको उनको भनाइ छ।
पुराना योजनाको लागि मात्रै केही बजेट छुट्याइएको र नयाँ योजनामा ध्यान नपुगेको यादवले बताए। उनले भने, ‘बजेट पार्न संघले नसके प्रदेश मातहत गरियोस्, नभए स्थानीय तहलाई अधिकार दिइयोस्। सभामुखमार्फत् म यो सरकारलाई आग्रह गर्न चान्हछु( सिमरा औद्योगिक क्षेत्रलाई घरेलु उद्योगको लागि प्रयोग गरियोस्, औद्योगिक क्षेत्रको रूपमा परिणत होस् ।’





























प्रतिक्रिया