माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थानीय तहमा पार्टीबाट निर्वाचित नप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित मेयर-अध्यक्ष र उपमेयर-उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको बताइएको छ । 

 माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौं बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।  

अभिमुखीकरण कार्यक्रम बुधबार काठमाडौं कमलपोखरीको 
एक हलमा सुरु भएको छ । माओवादीले स्थानीय सरकार सञ्चालन, स्थानीय तहमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, कानुन र बजेट निर्माण शिक्षा, स्वास्थ्यलगायतका सेवा प्रवाहबारे अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रले देशभर १ सय २१ स्थानीय तहका मेयरर-अध्यक्ष जितेको छ भने १ सय २६ स्थानीय तहमा उपमेयर-उपाध्यक्ष विजयी भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकलम दाहाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्वमुख्यसचिव लिलामणि पोखरेल, गिरिरराजमणि पोखरेल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo