सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : जनार्दन शर्मा

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : जनार्दन शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ  दिएका छन् । 

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए । 

समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए । साथै मदन भण्डारी रंगशाला निर्माणको कामअघि बढिरहेको उनले बताए । 

Skip This
Skip This
Logo