सि डिभिजन लिगमा सानेपाको सुखद अन्त्य

सि डिभिजन लिगमा सानेपाको सुखद अन्त्य

केन्द्रबिन्दु
0
Shares

सानेपा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रमाथि ४–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको सानेपाले दोस्रो हाफमा गोलको वर्षा गरेको हो ।

पहिलो हाफमा केही रक्षात्मक जस्तो खेल देखाएको सानेपाले दोस्रो हाफमा भने आक्रामक खेल देखाउँदै जितबाट सि डिभिजन लिगको अन्त्य गरेको हो । खेलको ६० औं मिनेटमा सुशान्त थापाले गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । डिफेन्डरले किलियर गर्न नसकेको बललाई सुशान्तले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सानेपाले गोल गर्दै अग्रता दोब्बर बनाएको खेलमा बाँकी समयमा थप दुई गोल गर्दै ४–० को सहज जित निकाल्न सफल भएको हो ।

यस जितसँगै सानेपा चौथो स्थानमा उक्लिएको छ । १३ खेल खेल्दा सानेपाले २३ अंक जोड्यो । समाज कल्याण भने आठौं स्थानमा झरेको छ । यसअघि भएको खेलमा  रानीबन स्पोर्ट्स क्लबले बीरगञ्ज युथ एकेडेमीलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै रानीबनले एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको थियो ।

१४ क्लबको सहभागिता रहेको सि डिभिजन लिगमा झापा फुटबल क्लबले बी डिभिजन लिगका लागि स्थान बनाइसकेको छ । अन्तिम चरणका खेल बाँकी रहेको अवस्थामा बीरगञ्ज युथ एकेडेमी र ओएसीस क्लब रेलिगेशनमा पर्ने पक्का भएको छ ।

लिगमा शुक्रबार तीन खेल हुनेछन् । दशरथ रंगशालामा हुने खेलमा स्पोट्र्स एकेडेमी साँगाले आरसी ३२ सँग प्रतिस्पर्धा गर्दा एन्फा कम्पलेक्समा ओएसिस र प्लानिङ ब्वाईज युनाईट तथा बी डिभिजनमा बढुवा भएको झापाले स्वयम्भू क्लबबीच लिगको अन्तिम खेल हुनेछ । 

Logo