दिल्ली प्रहरीको टोली कांग्रेस आईका नेता तथा भारतीय गायक सिद्धु मुसेवालाका हत्यारा खोज्दै काठमाडौं आएको छ। नेपाल प्रहरीसँग समन्वय गरेरै उक्त टोली काठमाडौं आएको बताइएको छ ।
गायक मुसेवालाका हत्यारा नेपालमा लुकेर बसेको र उनीहरुलाई खोज्न भारतीय प्रहरीको टोली काठमाडौं आएको इन्डिया टुडेले जनाएको छ। नेपाल प्रहरीका उच्च अधिकारीले भने हत्यामा संलग्नहरु नेपाल आएको पुष्टि नभइसकेको तर भारतीय प्रहरीले उनीहरुको खोजीमा सहयोग गर्न आग्रह गरेको बताए।
गएको आइतबार साँझ २८ वर्षे मुसेवालाको पन्जाबमा ३० राउण्ड गोली हानेर हत्या भएको थियो। मूसेवाला हत्यामा संलग्न रहेको आरोपमा हरियाणाका दुई जना फतेहाबादबाट पक्राउ परे पनि अरु फरार छन्। मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्नोई ग्याङस्टरले लिएको छ।
विधानसभामा कांग्रेस आईको उम्मेदवार मुसेवाला मानसा निर्वाचन क्षेत्रमा आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भएका थिए।































प्रतिक्रिया