निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।  पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । 

उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ ।  ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।

पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । 
तर, कांग्रेस– माओवादी धोका दिएको भन्ने स्वीकार्य तयार छैनन् ।

Skip This
Skip This
Logo