रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका प्रहरीले जनाएको छ । मृतक ४ जनाको सनाखत हुन बाँकी रहेको छ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ । बसमा चालक सहित ३३ जना सवार रहेका थिए ।
जनकपुरबाट भैरहवा जाँदै लु २ ख ३८४१ नम्बरको रात्रिबस आज बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलबाट खोलामा खसेर दुर्घटनामा परेको थियो ।































प्रतिक्रिया