नयाँ सिफारिस भएका मन्त्रीहरूको नामावली शीतल निवास नपुग्दा शपथग्रहण अन्योल भएको छ ।नेकपा एकीकृत समाजवादीले आइतबार पुराना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्रीहरूले नामावली पठाएको छ।
नयाँ बनाउन लागिएका मन्त्रीहरूले सोमबार शपथ लिने कार्यक्रम थियो । तर ती मन्त्रीहरूको नामावली राष्ट्रपतिको कार्यालय शीतल निवास नपुगेका कारण शपथग्रहण गर्ने समय भने तय भइसकेको छैन ।
समाजवादीले आइतबार आफ्ना ४ मन्त्रीलाई फिर्ता गरेर नयाँ नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ। जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रूपमा जीवनराम शर्मा, सहरी विकास मन्त्रीको रूपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको रूपमा सिफारिस गरेको थियो।
नयाँ मन्त्रीहरूको शपथमा ढिलाइ भइरहेका बेला तीन शीर्ष नेताबिच सोमबार बिहान करिब २ घण्टा बालुवाटारमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाले पनि केही मन्त्री हेरफेर गर्न चाहेको बताइएको छ।
यसैबीच स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका भवानी खापुङ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिनिधित्व गर्दै 'फस्ट अफ्रिकन मेडिकल एक्जिबिसन एन्ड फोरम'मा भाग लिन एक हप्ताको लागि द इजिप्टको राजधानी कायरोमा छन् । उनी कायरोबाट जेठ २६ गते फर्कने छन् । उताबाट फर्केपछि मात्र उनको शपथ हुनेछ ।































प्रतिक्रिया