सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ बर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताए । उनले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे । 

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताए ।  ‘राजनीतिक, भाषिक, सांस्कृतिक हिसाबले छिमेकीसँग राम्रो सम्बन्ध राख्न सफल डेनमार्कका सकारात्मक कुराहरु हामी सिक्न चाहन्छौं’ उनले भने ।

नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिए । उनले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गरे । 

भेटमा प्रतिनिधिमण्डलका प्रमुख Lisbeth Pilegaard ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ डि आइ पि डि का कार्यकारी निर्देशक  ले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गरे । उनले  डेनमार्कको संसदको संस्था डि आइ पि डिले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको बताए । उनले  डिआइपिडिले नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न चाहेको बताउँदै जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिए ।  समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उनको भनाइ थियो । 

प्रतिनिधिमण्डमा सहभागि डेनमार्कको सोसल लिबरल पार्टीकि नेतृ Clara Halvorsen ले डेनमार्क नेपालका युवाहरुसँग काम गर्न इच्छुक रहेको बताए  ।  प्रतिनिधिमण्डलमा डि आइ पि डि का कार्यकारी निर्देशकLisbeth Pilegaard, सोसल लिबरल पार्टीकि नेतृ Clara Halvorsen डिआइपिडका सहयोग र विकास प्रमुख Mathias Parsbaek Skibdal र नेपाल प्रनिनिधि शृष्टि राणा सहभागि थिए ।  । भेट अघि प्रतिनिधि मण्डलले संघीय संसद भवनमा सभा सञ्चालनको अवलोकन समेत गरेको थियो ।

Skip This
Skip This
Logo