बन्चरेडाँडामा फोहोर फाल्न रोके स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने

बन्चरेडाँडामा फोहोर फाल्न रोके स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने

केन्द्रबिन्दु
0
Shares

सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् ।

सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको महानगरका एक कर्मचारीले बताए । 

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । हिँजो शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको छलफलमा आजबाट फोहोर उठाउन दिने सहमति भएको थियो । सहमति पछि आज फोहोर बोकेका गाडी सिसडोल जान लागेकोमा स्थानीयले रोकेको जनाइएको छ । 

Skip This
Skip This
Logo