ललितपुरमा शुक्रबार कर्फ्यू

ललितपुरमा शुक्रबार कर्फ्यू

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा भोलि शुक्रवार कर्फ्यू आदेश जारी गरिएको छ।  ललितपुर महानगरपालिकाभित्र बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारि गरिएको हो।

आज रातो  मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले कडाइ गरेको हो।  कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि विहीबार भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।

यता गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने भएको छ ।

Logo