प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउन्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनी हरिनगरा गाउँपालिका ४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





























प्रतिक्रिया