ज्यान मार्ने धम्कीकाे पत्र आएपछि के भने सलमानले ?

ज्यान मार्ने धम्कीकाे पत्र आएपछि के भने सलमानले ?

केन्द्रबिन्दु
0
Shares

हालै सलमान खान र उनका पिता सलिम खानलाई एउटा धम्कीपूर्ण पत्र प्राप्त भएको थियो, जसमा सलमान र उनका पितालाई ज्यान मार्ने धम्की दिइएको थियो । उक्त चिठ्ठीमा सलमान खानको अवस्था पनि गायक सिद्धु मुसेवालाजस्तै बनाउने’ कुरा लेखिएको थियो । त्यो पत्र प्राप्तिको खबर पाउनासाथ मुम्बई पुलिस एक्शन मोडमा आएकाे छ। प्रहरीले यस विषयमा कडाइका साथ अनुसन्धान गरिरहेकाे छ। यसैक्रममा सलमान खानले यो मामिलामा आफ्नो  बयान दिएका छन्, जसमा उनले आफ्नो कसैसँग दुश्मनी नभएको’ बताएका छन् ।

रिपोर्टका अनुसार सलमान खानलाई सोधिएको थियो, ग्याङ्गस्टार गोल्डी ब्रार र लरेन्स बिश्नोईसँग कुनै सम्बन्ध छ ? यसमा अभिनेताले भने, ‘धम्कीपूर्ण पत्रमा मलाई कुनै शंका छैन र आजकल मेरो कसैसँग दुश्मनी पनि छैन । म लरेन्स बिश्नोईलाई सन् २०१८ देखि चिन्छु किनभने उनले मलाई त्यस समय धम्की दिएका थिए । तर गोल्डी ब्रार को हुन् मलाई केही थाहा छैन ।

सलमान खानलाई कुनै धम्की आएको छ भनि सोधिएको प्रश्नमा अभिनेताले आफूलाई कुनै धम्की नआएको र पछिल्ला केही दिनमा उनको कसैसँग झगडा भएको छैन, उनी धम्कीपूर्ण सन्देश वा फोन पनि नआएको बताउँछन् । 

यसैक्रममा सलमान खानले धम्की दिने चिठ्ठीबारे भनेका छन्, ‘यो चिठी मेरो बुबाले पाउनु भएकाे थियाे, मैले पाएको छैन । र त्यो पनि उनी बिहान हिँड्न गएको बेला भेटाउनु भएको थियो। त्यसैले मैले कसैलाई शंका गर्ने कुरै छैन। एजेन्सी

Skip This
Skip This
Logo