दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन्।
आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाडाैंबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो।
दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मिरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन्।
घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।































प्रतिक्रिया