धितोपत्र बोर्ड अध्यक्षका चार महिने ‘डेडलाइन’-एसएमई इन्डेक्सदेखि एनआरएन भित्र्याउनेसम्म

धितोपत्र बोर्ड अध्यक्षका चार महिने ‘डेडलाइन’-एसएमई इन्डेक्सदेखि एनआरएन भित्र्याउनेसम्म

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन्। 

बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाबारेमा जानकारी गराएका थिए ।

उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने बताए । सरकारले बोर्डको सुझावअनुसार यो कार्यक्रम आगामी वर्षको बजेटमा पनि घोषणा गरिसकेको छ। 

त्यस  कार्यक्रममा हमालले बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावरण बनाउने दाबी गरेका छन्।

Skip This
Skip This
Logo