त्रिभुवन विश्वविद्यालयको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुको माग

त्रिभुवन विश्वविद्यालयको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्न तीन दिने अल्टिमेटम दिएको छ। विगत पाँच महिनादेखि भइरहेको तालाबन्दी तीन दिनभित्रमा खोल्न अनेरास्ववियुले माग गरेको हो। 

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा तालाबन्दी नखोले ताला फोड्ने चेतावनी दिइन्। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विगत पाँच महिनादेखि तालाबन्दी गरेको छ। उक्त ताला तीन दिनभित्रमा खोलेर विश्वविद्यालयको काम सञ्चालन गर्न अनेरास्ववियुले माग गरेको हो। 

विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले नेविसंघका नेताहरूले आक्रमण गरेका थिए । आक्रमण गर्नेलाई अदालतले धरौटी माग गरेको थियो। तर, नेविसंघले उक्त धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्नुपर्ने अभिप्रायले तालाबन्दी गरेको अनेरास्ववियुको आरोप छ। 

वर्तमान गृहमन्त्री बालकृष्ण खाणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द रहेको अनेरास्ववियुको आरोप छ। अनेरास्ववियुले यस्तो कार्यमा संलग्न हुनेलाई राजनीतिक संरक्षण नदिन नेविसंघ र प्राध्यापक संगठनहरूले आग्रहसमेत गरेका छन् ।

Skip This
Skip This
Logo